डोटी पुगेर बाबुरामले भने–दलका नेताहरुको खिचातानीले पश्चिम सेती बनेन

डोटी पुगेर बाबुरामले भने–दलका नेताहरुको खिचातानीले पश्चिम सेती बनेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिपायल– पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले राजनीतिक दलका नेताको खिचातानीका कारण पश्चिम सेती जलविद्युत आयोजना बन्न नसकेको बताएका छन्।

‘म प्रधानमन्त्री हुँदा चिनियाँ कम्पनीसँग पश्चिम सेती बनाउने सम्झौता भएको थियो, तर नेताहरुले खिचातानी तथा अड्चन गरेका कारण त्यो काम गर्भमै तुहियो,’ दिपायल पुगेका भट्टराईले भने।

सुदूरपश्चिमको विकासको मेरुदण्डका रुपमा रहेको पश्चिम सेती नबन्नु दुर्भाग्यपूर्ण भएको उनको टिप्पणी छ।