अमेरिकाले भन्यो– एनसेल लक्षित बम विस्फोट ‘आपराधिक क्रियाकलाप’

अमेरिकाले भन्यो– एनसेल लक्षित बम विस्फोट ‘आपराधिक क्रियाकलाप’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले नेपालका कतिपय जिल्लामा हालै भएका बम विस्फोटनको घटनाको निन्दा गरेको छ।

गत शुक्रबार ललितपुरको नक्खुस्थित दूरसञ्चार सेवा प्रदायक एनसेलको कार्यालय नजिकै र अन्य जिल्लामा बम विस्फोटका घटना भएका थिए। नक्खुमा भएको बम विस्फोटमा परी एक जनाको मृत्यु भएको थियो। दुई घाइते भएका थिए।

सो घटनाको नेपालस्थित अमेरिकी राजदूत रेण्डी बेरीले निन्दा गर्दै आपराधिक क्रियाकलापको संज्ञा दिएका छन्।

सोमबार ट्वीट गर्दै राजदूत बेरिले संवेदनहीन आक्रमण विरोध नभइ आपराधिक कार्य भएको र लोकतान्त्रिक नेपालमा त्यसको ठाँउ नभएको बताएका छन्।

राजदूत बेरीले घटनाको भर्त्सना गर्दै बम आक्रमणमा मृत्यु हुनेको परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।