सेवाको क्षेत्रमा महेश्वरी समाज

सेवाको क्षेत्रमा महेश्वरी समाज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विभिन्न अवसरमा, दुःख पर्दा होस वा सुखमा, महेश्वरी समाज, सदैव मानव धर्ममा तत्पर छ । गत शनिबार पनि यही मानव धर्म को कार्यलाई निरन्तरता दिने क्रममा सिन्धुपाल्चोक स्थित जलविरेमा रहेको रामेश्वर माध्यमीक विद्यालय मा विद्याथीहरुलाई कम्प्युटर, कम्प्युटर टेबुल, कुर्सी, मादल प्रदान गरीयो ।

त्यसैगरी उत्कृष्ट विद्याथीलाई छात्रबृद्धी पनि प्रदान गर्ने घोषणा गरीयो । सेवाको कार्यक्रमलाई थप निरन्तरता दिदै, निशुल्क स्वार्थ सिविर परिक्षण पनि आयोजना गरिएको थियो र निशुल्क औषधी पनि वितरण गरीएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा पूर्व सूचना मन्त्री श्री मोहन बस्नेत रहनुभएको थियो । यस कार्यक्रममा डा.कोमल थापा (KMC), श्री कुवेर थापा तथा वडा अध्यक्ष श्री सनत अधिकारीको पुर्ण सहयोग रहेको थियो ।

महेश्वरी समाज अध्यक्ष श्री वृजमोहन वाहेती, महीक्षा अध्यक्ष श्रीमती सुधा साप्जा, युवा संगठन अध्यक्ष श्री अनिल झंवट युवा अध्यक्षा श्रीमती निशा भुराजीया को साथ थुप्रै वरिष्ठ सदस्यको उपस्थीती रहेको थियो । सुरेश इनानी एंव श्री पवन सोमनी को संयोजकत्वमा यो कार्यक्रम सफलता पूवर्क सम्पन्न भएको थियो २०७२ सालको विनासकारी महा–भुकम्प मा कठामाण्डौं महेश्वरी समाज द्धारा पून निर्मीत स्कुल एव अस्पतालमा सेवा प्रदान गरीएको थियो । स्मरण रहोस्, उक्त स्कुल तथा अस्पता, भुकम्प पछि महेश्वरी समाज काठमाडौं ले पुनः निमार्न गरेको थियो ।