पशुपतिनाथ मन्दिर क्षेत्रमा हर्क साम्पाङको श्रमदान

पशुपतिनाथ मन्दिर क्षेत्रमा हर्क साम्पाङको श्रमदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई साम्पाङको उपस्थितिमा शनिबार पशुपतिनाथ मन्दिर परिसरमा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ ।

उनको सहभागितामा आयोजित कार्यक्रममा सरसफाइका साथै विभिन्न श्रमजन्य कामहरू सम्पन्न गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै साम्पाङले देशमा सरसफाइलाई ३ तहमा बुझ्नुपर्ने धारणा राखे । उनले मन, तन र वातावरणको सरसफाइ आवश्यक रहेको उल्लेख गर्दै सबै नागरिक तीनै क्षेत्रमा सक्रिय हुनुपर्ने बताए ।

‘हामीले सरसफाइ गर्नुपर्छ । सरसफाइ यो देशमा ३ खालको छ– मन, तन र वातावरणको । यी ३ वटै तहका व्यक्ति वा निकायहरू सरसफाइमा लाग्नुपर्छ,’ उनले भने ।

सो क्रममा पशुपति क्षेत्रमा सरसफाइका साथै आवश्यक श्रमजन्य कामहरू टोलीबाट भएको छ ।