हेलिकप्टर दुर्घटनापछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

हेलिकप्टर दुर्घटनापछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – हेलिकप्टर दुर्घटनमा परी नागरिक तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जनाकै मृत्यु भएपछि मन्त्रीपरिषद् बैठक आकस्मिक रुपमा बोलाएको छ ।

ताप्लेजुङमा बुधबार भएको एयर डायनेष्टिको हेलिकोप्टर दुर्घटनामा परी रविन्द्र अधिकारी, मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन, आङछिरिङ शेर्पा  अध्यक्ष यति एयरलाइन्स, वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण, अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो, युवराज दाहाल, प्रधानमन्त्री कार्यालयका सल्लाहकार, धुब्रदास भोछिभया, इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण, हेलिकप्टर क्याप्टेन : प्रभाकर केसीको दुर्घटनामा मृत्यु भएको थियो।

त्यसलगत्तै सरकारले नेपाली सेनाको उद्धार टोली त्यसतर्फ पठाउन निर्देशन दिएको थियो। तर त्यहाँ हेलिकप्टर ल्याण्ड गर्न सकेको छैन। आवश्यक निर्णयका लागि मन्त्रीपरिषद् बैठक बसेको छ। बैठकमा प्रधानमन्त्री केपी ओलीले दुर्घटनाबारे आधिकारिक जानकारी दिएका छन्।

रविन्द्र अधिकारी, मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन, आङछिरिङ शेर्पा स् अध्यक्ष यति एयरलाइन्स, वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण, अर्जुनकुमार घिमिरे स् मन्त्री अधिकारीका पिएसो, युवराज दाहाल, प्रधानमन्त्री कार्यालयका सल्लाहकार, धुब्रदास भोछिभया स् इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण, हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी