स्वर्गीय मन्त्री अधिकारीलाई राष्ट्रिय सम्मान दिइने, भोलि राष्ट्रिय शोकको घोषणा

स्वर्गीय मन्त्री अधिकारीलाई राष्ट्रिय सम्मान दिइने, भोलि राष्ट्रिय शोकको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीका निधनमा बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ।

मन्त्रिपरिषद्को बुधबारको आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा राष्ट्रिय शोक मनाउने र उनको अन्तिम विदाई राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको हो । सो अनुसार बिहीबार देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ ।

यसैगरी, सरकारले हेलिकोप्टर दुर्घटना घटनाको छानविन र त्यसको सत्यतथ्य पत्ता लगाउन समिति गठन गरेको छ।

पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।