हेलिकोप्टर दुर्घटनामा निधन भएका आङ्छिरिङको विगत यस्तो छ

हेलिकोप्टर दुर्घटनामा निधन भएका आङ्छिरिङको विगत यस्तो छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको सामाजिक आर्थिक विकासमा उल्लेखनीय योगदान दिनुभएका पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको ताप्लेजुङको दारेढुङ्गामा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ ।

यति एयरलायन्ससहित विभिन्न पर्यटन क्षेत्रसँग सम्बद्ध शेर्पा पर्यटन क्षेत्रका एक हस्ती थिए । उनले थामशेर्कु ट्रेकिङ, यति एयरलाइन्स, तारा एयरलाइन्स, हिमालयन एयरलाइन्स तथा गोकर्ण रिसोर्टको स्थापना गरी पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा महत्वपूर्ण योगदान गरेका थिए।
एयरलाइन्सका प्रबन्ध निर्देशकशेर्पा आफ्नै कम्पनी यति एयरलाइन्समा सन् १९९८ सेप्टेम्बर २१ देखि कार्यरत रहनुभएको सो एयरलाइन्सका वरिष्ठ अधिकारी भीम राईले जानकारी दिए।

शेर्पाले थामशेर्कु ट्रेकिङको कार्यकारी निर्देशक तथा यति माउन्टेन होम्स तथा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्देशक पनि भई सेवा गरेका थिए। उनको लगानी डाइनेष्टी एयरलायन्सका साथै केही होटेलमा पनि छ ।

आङछिरिङ १९८८ सम्म एउटा पर्यटन व्यवसायमा पर्यटकको सहयोगीका रुपमा काम गर्थे। उनले सन् १९८८ मा थामसेर्कु ट्रेकिङ कम्पनी खोल्दै नेपालको पर्यटन व्यवसायमा प्रवेश गरे।

अन्ठाउन्न वर्षअघि सोलुखुम्बुको जुगिङमा पाङलुंगमा जन्मिएका शेर्पाका श्रीमती र दुई छोरा छन् ।