नेकपा नेता योगेशसंग मन्त्री अधिकारीको यस्तो थियो अन्तिम संवाद

नेकपा नेता योगेशसंग मन्त्री अधिकारीको यस्तो थियो अन्तिम संवाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र एमाले नेता योगेश भट्टराईबीच अपराह्न ४:०० बजे सिंहदरबारमा भेट्ने सल्लाह भएको थियो ।

दुर्भाग्यवस योगेशकै गृहजिल्लामा अधिकारीको निधन भयो । मन्त्री अधिकारीलाई भेट्न सिंहदरबारमा कुरेर बसेका योगेश अपरिकल्पनीय दुर्घटनाको खबर सुनेर स्तब्ध भए । योगेश एमाले अखिलका अध्यक्ष हुँदा अधिकारीले उनको मातहतमा बसेर काम गरेका थिए ।

काठमाडौंपाटीसंग  कुरा गर्दै योगेशले भने, ‘मलाई त कहाँ जाने भनेन, मैले पनि सोधिन तर, उसले म काठमाण्डु बाहिर जान्छु मात्र भनेको थियो । मसँग भोली साँढे ३ बजे आउँछु ४ बजे आउनु भेटौंला भन्यो । मेरो जिल्लाको एयरपोर्टको क्षमता वृद्धि गर्नुपर्ने थियो त्यसमा काम पनि गरिरहेको थिएँ ।’

माले–एमाले विभाजनअघि योगेश अखिलका केन्द्रीय अध्यक्ष र रवीन्द्र कोषाध्यक्ष थिए । बामदेव गौतमले पार्टी विभाजन गरेर माले गठन गर्दा योगेश र रवीन्द्र दुवैले वामदेवलाई साथ दिए । नयाँ पार्टी मालेमा पनि योगेश अखिलको केन्द्रीय अध्यक्षकै भूमिकामा केही समय रहे । माले अखिलमा भने रवीन्द्र महासचिव बने ।

घटनापछि पहिलोपटक योगेशले यसो भने – 

हिजो (मंगलबार) हाम्रो भेट एउटा विवाहमा भएको थियो । मैले मेरो जिल्लाको विमानस्थलको क्षमता विस्तारबारे कुरा गर्नुपर्ने भएकाले भेट्नुपर्ने छ भनें । उहाँले म भोलि काठमाण्डुबाहिर जान्छु ।

साढे ३ बजे काठमाण्डु फर्कन्छु, त्यसपछि चार बजेतिर मन्त्रालयमा भेटौं भन्नुभयो । आज भेट्ने सल्लाह गरेर हामी छुटिएका थियौं । तर, त्यो भेट नै अन्तिम भेट हुन पुग्यो । जसलाई भेट्नको लागि कुरेर बसेको हो, उसैको मृत्युको खबर सुन्दा भक्कानो फुटेर आयो ।