प्रचण्ड मन्त्री अधिकारीको परिवारलाई समवेदना दिन मन्त्री क्वार्टर पुगे


काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेर समवेदन प्रकट गरेका छन् । बिहीबार बिहानै प्रचण्डले हरिहर भवनस्थित मन्त्री क्वार्टर पुगेर दिवंगत मन्त्री रवीन्द्रका बुबा, आमा र श्रीमतीभेटी समवेदना प्रकट गरेका हुन् ।

त्यसैगरी व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई पनि भेटेर समवेदना प्रकट गरेको प्रचण्डको सचिवालयले जनाएको छ । मन्त्री अधिकारीको निधनपछि उनका बाबुआमा र भाइलाई पोखराबाट काठमाडौँ ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement