काठमाडौं – ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न अझै केही घन्टा लाग्ने भएको छ ।
यससँगै टुँडिखेलमा हुने भनिएको श्रद्धान्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव बिहीबार दिउँसो काठमाडौं ल्याइएको थियो ।
सत्तारुढ नेकपाले दिउँसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुँडिखेलमा राख्ने भनेको थियो । तर, पोष्टमार्टम जारी भएका कारण श्रद्धाञ्जलीसभा भोलि शुक्रबार ८ बजेदेखि ११ बजसम्म टुँडिखेलमै हुने समेत जनाइएको छ । टुडिखेलमा श्रद्धान्जली सभापछि अधिकारीको शव उनको गृहनगर पोखरा लगिने कार्यक्रम छ।




प्रतिक्रिया