ताप्लेजुङ हेलिकप्टर दुर्घटनाका मृतकलाई टुँडिखेलमा श्रद्धाञ्जली सुरु

ताप्लेजुङ हेलिकप्टर दुर्घटनाका मृतकलाई टुँडिखेलमा श्रद्धाञ्जली सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीका टुँडिखेलमा राखिएको छ । बिहान ८ बजे देखि सुरु भएको श्रद्धाञ्जली कार्यक्रम ११ बजेसम्म चल्ने छ ।

दुर्घटनामा निधन भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका मृतकलाई राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तिहरुले टुँडिखेल पुगेर श्रद्धाञ्जली दिएका छन् । मृतकका आफन्त, शुभचिन्तक, विभिन्न राजनीतिक दलका नेताहरु लगायत सर्वसाधारण पनि टुँडिखेल पुगेका छन्। श्रद्धाञ्जली पछि अन्तिम संस्कारका लागि मृतकका आफन्तहरुलाई शव जिम्मा लगाइने छ। मन्त्री अधिकारीको शव भने गृह जिल्ला पोखरा लगिनेछ ।

दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो।