मन्त्री अधिकारीको शव पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जली हुँदै

मन्त्री अधिकारीको शव पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जली हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका अहिले पोखराको प्रदर्शनी केन्द्रमा राखिएको छ। मन्त्री अधिकारीको शव केहीबेर अगाडि पोखरा ल्याइएको हो। यसअघि मन्त्री अधिकारीसहित दुर्घटनामा मृत्यु हुने सातै जनाको शव सामूहिक श्रद्धाञ्जलीका लागि काठमाडौँको टुँडिखेलमा राखिएको थियो।

जिल्ला पार्टी र परिवारको आग्रहमा उनको शव अन्त्यष्टिका लागि पोखरा ल्याइएको हो।  दिवंगत अधिकारीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका महासचिव विष्णु पौडेल, नेता वामदेव गौतम, योगेश भट्टराई, मन्त्रीहरु पद्मा अर्याल, भानुभक्त ढकाल, कांग्रेस नेता चन्द्र भण्डारी लगायतले श्रद्धाञ्जली अर्पण गरेका छन्।राजनीतिक दलका नेता तथा विशिष्ट व्यक्तिहरुले श्रद्धाञ्जली अर्पण गरिसकेपछि सर्वसाधारणका लागि खुला गरिने छ।

उनको शव अपराह्न पौने १ बजे काठमाडौंको टुँडिखेलबाट पोखरा ल्याइएको हो। बुधबार मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङको पाथिभरास्थित सिस्नेखोला क्षेत्रमा दुर्घटना भएको थियो। सो दुर्घटनामा मन्त्री अधिकारीसहित एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसिचव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया र हेलिकोप्टर क्याप्टेन प्रभाकर केसीले ज्यान गुमाएका थिए।