दार्चुला जिप दुर्घटना अपडेट :ज्यान गुमाउने ११ जनाकै सनाखत

दार्चुला जिप दुर्घटना अपडेट :ज्यान गुमाउने ११ जनाकै सनाखत

प्रतिकात्मक तस्वीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला- दार्चुलामा शुक्रबार राति भएको जीप दुर्घटनामा परी मृत्यु हुने ११ जनाको सनाखत भएको छ । जिल्ला सदरमुकाम खलंगाबाट दुहु गाउंपालिकाको हिकिला जाँदै गरेको म १ ज २८० नम्बरको जीप दुर्घटना हुंदा नाबालक सहित ११ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा दार्चुला दुहु गाउँपालिका–२ हिकिला बस्ने ४१ वर्षीय कल्यान सिंह बडाल, हिकिलाकै १७ वर्षीया निर्मला बडाल, ३५ वर्षीया पारुली धामी, दुहु–१ बस्ने २४ वर्षीय धन बहादुर बम, दुहु–४ दोला बस्ने ५५ वर्षीया अम्मरा बम, दुहु–४ दोला बस्ने ७ वर्षीया आयुसा बम, दुहु–१ पिपलचौरी बस्ने बर्ष ४५ वर्षीया गोमती बम, दुहु–१ पिपलचौरी बस्ने ७१ वर्षीया धना बम, बैतडी दोगडा केदार–६ सित्तड बस्ने ६० वर्षीय प्रताप बहादुर चन्द, सित्तडकै २१ वर्षीया सिन्याहा बम र दुहु– १ बस्ने ५३ वर्षीया मानमती बम रहेका छन्।

घटनास्थल सदरमुकाम खलंगाबाट सात किलोमिटर उत्तरमा पर्छ। दुर्घटनामा घाइते चालक दीपकसिंह धामीलाई उपचारका लागि भारत लगिएको प्रहरीले जनाएको छ।