पोखराको फेवातालमा खसेका प्याराग्लाइडरको मृत्यु

पोखराको फेवातालमा खसेका प्याराग्लाइडरको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – पोखराको फेवातालमा खसेको प्याराग्लाइडिङमा रहेका प्याराग्लाइडर रोमानियाका नागरिक इडिई केजीको मृत्यु भएको छ ।आइतबार बिहान सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खसेको प्रहरीले जनाएको थियो ।

अस्पताल आइपुग्नु अगावै ४० वर्षीय केजीको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। फेवातालको मध्यभागमा खसेको १० मिनेटमा नै उनलाई उद्धार गरी पोखराको मेट्रोसिटी अस्पताल लगिएको थियो।

साराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्यान्डिङ गर्न नसकेर फेवातालमा खसेको थियो। तालको मध्यभागमा खसेको प्याराग्लाडिङको उद्धारका लागि ५ वटा डुंगा पुगेका थिए। प्याराग्लाइडिङ खसेको १० मिनेटपछि प्रहरी घटनास्थल पुगेको थियो।