शिवरात्रिकै दिन दलितलाई पूजा गर्न रोक लगाउने पूजारी प्रहरी फन्दामा

शिवरात्रिकै दिन दलितलाई पूजा गर्न रोक लगाउने पूजारी प्रहरी फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली –शिवरात्रिको दिन धनगढी उपमहानगरपालिका–५ जाई स्थित भैरव मन्दिरमा दलित समुदायलाई पूजा गर्नबाट रोक लगाएको आरोपमा प्रहरीले मन्दिरकी पूजारी गंगा गिरीलाई पक्राउ गरेको छ।

डोटी जिल्लाको सिलगढी घर बताउने पूजारी गिरीलाई वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरिक्षक वकिल सिंहको नेतृत्वको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।

मन्दिरमा बस्ने माताको नामले चिनिने महिला पूजारीले अनुहार हेरैरै दलित युवतीलाई पूजा गर्नबाट रोक लगाउनुका साथै उनले लगेको पूजा सामग्री समेत फालेको स्थानीयको आरोप छ ।