काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । पछिल्लो समय दौडधुप बढि हुँदा थकान महसुस हुने समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।
उनको शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य जाँच भइरहेको हो। नियमित स्वास्थ्य जाँचका लागि अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीको निजी चिकित्सक डाक्टर दिव्या सिंहले जानकारी दिइन्।
यो वर्षको नियमित चेकअपका लागि थाइल्यान्ड लैजानुपर्ने भए पनि प्रधानमन्त्रीको व्यस्थताले सम्भव नभएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको उनले बताइन्। ‘होल बडी चेक अप’पछि मात्र प्रधानमन्त्रीलाई डिस्चार्ज गरिने उनले जानकारी दिइन्। अस्पताल स्रोतका अनुसार उनको रगत, एक्सरे तथा इसिजी परीक्षणको काम भइरहेको छ।




प्रतिक्रिया