३५ हजार घुससहित खाद्य अनुसन्धान अधिकृत पक्राउ

३५ हजार घुससहित खाद्य अनुसन्धान अधिकृत पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके – खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगञ्ज, बाँके कार्यालयका प्रमुख खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तव घुससहित पक्राउ परेका छन् ।

खाद्य गुणस्तर प्रमाणीकरण अर्थात ल्याब टेष्ट गर्ने काममा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग लिएको ३५ हजार रुपैयाँ घुससहित कार्यालय प्रमुख श्रीवास्तवलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । घुससहित श्रीवास्तवलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ ।