सांसद रेशमलालाई जन्मकैद फैसलासँगै राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

सांसद रेशमलालाई जन्मकैद फैसलासँगै राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अदालतले निलम्बित सांसद रेशमलाल चाैधरीसहित ११ जनालाई जन्मकैदकाे फैसला सुनाएसँगै  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

साे दलकाे बुधबार बसेकाे अध्यक्ष मण्डलको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हाे।

बैठकपछि जारी विज्ञप्तिमा कैलाली जिल्ला अदालतको फैसलाबाट राजपा स्तब्ध र मर्माहत भएको उल्लेख छ।