प्रधानमन्त्री ओली उपचार गराएर बालुवाटार फिर्ता

प्रधानमन्त्री ओली उपचार गराएर बालुवाटार फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षणपछि बुधबार साँझ निवास फर्किएका छन्। नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्थामा कुनै खराबी नरहेको उपचारमा संलग्न प्रा डा अरुण सायमीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले मुटुको नियमित परीक्षणका लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा परीक्षण गराएका थिए। थप केही परीक्षणका लागि बुधबार अपराह्न प्रधानमन्त्रीलाई अब्जरभेशनमा राखिएको डा सायमीले जानकारी दिए।