हेलिकोप्टरमा अब ६ जना मात्रै चढ्न पाउने

हेलिकोप्टरमा अब ६ जना मात्रै चढ्न पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारको प्रारम्भिक अनुसन्धानले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर ओभरलोडका कारण दुर्घटना भएको देखाएपछि प्राधिकरणले नयाँ व्यवस्था लागू गरेको छ।

प्राधिकरणको हवाई सेवा सुरक्षा विभागले अब हेलिकोप्टरमा बढीमा ६ जनामात्र बस्न पाउने व्यवस्था गरेको हो। यसअघि सात जनासम्म बस्न पाउने व्यवस्था थियो।

प्राधिकरणले १७ हजार फिटमा अवस्थित गोरक्षेपको हेलिप्याड फेरि बन्द गर्ने भएको छ। त्यहाँ भुमरी चल्ने, प्राय मौसम बिग्रिरहने भएकाले बन्द गर्ने निर्णयसमेत गरेको छ। त्यसैगरी हेलिकोप्टरहरुको नियमित परीक्षण गर्नका लागि अन्तर्राष्ट्रिय अडिट टोली झिकाइने निर्णयसमेत गरेको छ ।