अपहरित भनिएकी प्रदेश सांसद देवकी मल्ल प्रहरी सम्पर्कमा

अपहरित भनिएकी प्रदेश सांसद देवकी मल्ल प्रहरी सम्पर्कमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बझाङमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार दिउँसो बुगल नगरपालिका बिजगडाबाट अपहरण गरिएकीभनिएकी सांसद देवकी मल्ल संम्पर्कमा आईसकेको प्रहरीले जिल्ला प्रहरी कार्यालय  बझाङले जनाएकाे छ।

बझाङ प्रहरी प्रमुख डीएसपी धितालले आधा घन्टा अघि मल्ल प्रहरी सम्पर्कमा आएको बताए। सदरमुकामबाट करिब अढाई घन्टाको दुरीमा रहेकाले स्थानीय प्रहरीसँग राम्रोसँग सम्पर्क हुन सकिरहेको छैन। मल्ललाई सदरमुकाम ल्याउने तयारी भईरहेको छ’, उनले भने।

सांसद मल्ल सकुशल रहेको डीएसपी धितालले जानकारी दिए। प्रदेश सभा सदस्य मल्लको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताहरुसंग भेट भएपछि मल्ल सम्पर्क विहिन भएकी थिईन् ।