भारत र पाकिस्तानलाई वार्ताद्धारा समस्या समाधान गर्न चिनको सुझाव 

भारत र पाकिस्तानलाई वार्ताद्धारा समस्या समाधान गर्न चिनको सुझाव 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– चीनका परराष्ट्रमन्त्री वाङ यीले भारत र पाकिस्तानलाई संयमित हुन सुझाव दिएका छन् । चिनको तेह्रौं राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशनका अवसरमा शुक्रबार मिडिया केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री वाङले दुवै देशलाई शान्ति कायम गर्न सुझाव दिएका हुन् । उनले भारत र पाकिस्तानबीच देखिएको पछिल्लो द्वन्द्वले विश्वको ध्यानाकर्षण भएको बताए । 

परराष्ट्रमन्त्री वाङ यीले भने, ‘ चीन दुवै देशले वार्ताका माध्यमबाट समस्याको समाधान गरोस भन्ने चाहन्छ, दुवै देशबीचको द्धन्द्धले विश्वको ध्यान यो क्ष्ँेत्रमा परेको छ ।’

उनले दुवै देशले प्रादेशिक अखण्डता र सार्वभौमिकतालाई पूर्णरूपमा सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । 

चिनियां परराष्ट्रमन्त्री वाङ यीले पाकिस्तान र भारत दुई निकट छिमेकी भएको भन्दै दुवै देश सामु स्थिरता, विकास र समृद्धिको महत्वपूर्ण अवसर भएको धारणा राखे ।