बालिकाको बलात्कार गरी हत्या गर्नेलाई जन्मकैदको फैसला


भोजपुर–जिल्ला अदालत भोजपुरले एक युवकलाई बालिकाको बलात्कारपछि हत्या गरेको ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ।

एक बालिकालाई बलात्कार गरी भदौ १० गते हत्या गरेको अभियोगमा अदालतले साल्पासिलिछो गाउँपालिका–५ सालेवाका २० वर्षीय सञ्जय राईलाई जन्मकैदको फैसला गरेको हो ।

साथै अदालतले राईलाई एक लाख रुपैया क्षतिपूर्तिको फैसला गरेको निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए।
राईलाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङनामको इजलासले जन्मकैदको सजाय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement