सहायक वन अधिकृत र बिचौलिया घुससहित अख्तियारको फन्दामा

सहायक वन अधिकृत र बिचौलिया घुससहित अख्तियारको फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय धनगढी, तारानागरका सहायक वन अधिकृत भरत साहलाई ३० हजार घुस रकमसहित पक्राउ गरेको छ।

आयोग महेन्द्रनगरका अनुसन्धान अधिकृत विनोद श्रेष्ठ नेतृत्वको टोलीले साहलाई बुधबार घुस लिँदै गर्दा पक्राउ गरेको हो।

सुनसरीको इनरुवा नगरपालिका वडा नम्वर ३ स्थायी घर भएका साहले काठ चोरी निकासीको मुद्दा मिलाईदिने भन्दै घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ।

सहायक वन अधिकृत साहलाई मुद्दा मिलाईदिन भन्दै सेवाग्राहीबाट रकम लिएर दिने विचौलिया पुष्पराज जोशीलाई समेत अख्तियारले पक्राउ गरेको अनुसन्धान अधिकृत श्रेष्ठले बताए। उनीहरु दुवैजनालाई आवश्यक कारवाहीका लागि अख्तियारको टोलीले महेन्द्रनगर लगेको छ।