लगानी सम्भाव्यता अध्ययन गर्न आउने विदेशीलाई ६ महिने भिसा

लगानी सम्भाव्यता अध्ययन गर्न आउने विदेशीलाई ६ महिने भिसा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपालमा लगानीका लागि सम्भाव्यता अध्ययनका लागि आउने विदेशीलाई ६ महिना अवधिको गैरपर्यटक भिसा दिने तयारी गरेको छ।

नेपालमा विदेशी लगानी बढाउने उद्देश्यले अध्ययन अनुसन्धानका लागि पर्याप्त समयसहितको भिसा दिन लागिएको हो। , ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५’ ले लगानीका लागि अध्ययन गर्न आउने लगानीकर्ताको सुविधाका लागि स्पष्ट पारेको छ।

प्रतिनिधिसभाको बैठकले सोमबार यो विधेयक पारित गरेको हो। विधेयकमा नेपालमा लगानी गर्न चाहने लगानीकर्तालाई अधिकतम सीमा नतोकिने व्यवस्था छ। विदेशी लगानी स्वीकृत गर्न लगानीकर्ताले नेपालमा समयतालिकासहितको विवरण खुलाएर मौखिक स्वीकृतिका लागि पठाउनुपर्नेछ।

विदेशी लगानीमा सञ्चालित उद्योगले आर्जित नाफाबाट सोही उद्योगमा लगानी गर्न वा अन्य उद्योगमा लगानी गर्न चाहेका पुनः लगानी स्वीकृति लिनुपर्ने उल्लेख छ। यो समाचार कारोबार दैनिकमा छ