काठमाण्डु – शेयर बजार मापक नेप्से परिसूचकको ओरालो यात्रा बिहीबार पनि जारी रह्यो । बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ ।
बिहीबार नेप्से १७.०१ अंकले घटेर २७८७.१५ विन्दुमा ओर्लिएको छ । अघिल्लो कारोबार दिन बुधबार ७ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ५ अर्ब ९५ करोड रुपैयाँमा सीमित भयो । बिहीबार ३४८ कम्पनीका एक करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयर किनबेच भए ।
कारोबारसँगै बजारको समग्र रुझान नकारात्मक रह्यो। २१६ कम्पनीको सेयर मूल्य घट्दा ४६ कम्पनीमा वृद्धि देखिएको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
पाल्पा सिमेन्ट र शिखर पावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । दुवैको मूल्य १४।९९ प्रतिशतले बढेर क्रमश: ८४४ रुपैयाँ ७० पैसा र ८०० रुपैयाँ १० पैसामा पुगेको छ ।
यता, सूर्यकुण्ड हाइड्रोको सेयर मूल्य सर्वाधिक ११.७९ प्रतिशतले घटेर १५९१ रुपैयाँ २० पैसामा झरेको छ । साथै गरिमा विकास बैंक को डिबेन्चर ८.४० प्रतिशतले घटेर ११०० रुपैयाँ १० पैसामा सीमित भएको छ ।
कारोबारतर्फ रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो । कम्पनीको ४३२० रुपैयाँमा ३० करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार हुँदा मूल्यमा २.१३ प्रतिशतको वृद्धि देखिएको छ । दोस्रो स्थानमा सोलु हाइड्रोपावर रह्यो, जसको ७९५ रुपैयाँमा २६ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ ।
समूहगत परिसूचकतर्फ १३ मध्ये १० समूहमा गिरावट देखिएको छ भने ३ समूह बढेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह १.४२ प्रतिशतले घटेको छ ।




प्रतिक्रिया