विवादास्पद मोडल परी तामाङसहित तीन जना कलंकीबाट पक्राउ

विवादास्पद मोडल परी तामाङसहित तीन जना कलंकीबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी परिसर, टेक’ले विवादास्पद मोडल परी तामाङसहित तीन जनालाई काठमाडौंको कलंकीबाट पक्राउ गरेको छ।

युट्युबमार्फत सामाजिक मर्यादामा खलल प’र्‍याउने सामग्री र उत्तेजक अन्तरवार्ता लिएको र दिएको आरोपमा प्रहरीले उनीसँगै ’मस्ती टक टाईम’ सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पक्राउ गरेको हो।

उनीहरूलाई साईबर अपराध अन्तर्गत मुद्दा चलाउने तयारी गरेको जानकारी प्रहरीले दिएको छ। अश्लीलता झल्कने अन्तर्वार्ता उत्पादन गरी युट्युब च्यानलबाट प्रसारण गरेकाले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।