८४ करोड ९५ लाखमा भारतबाट दुई रेल किन्ने सरकारको निर्णय, जेठमा गुडाइने
काठमाडौं–सरकारले भारतबाट रेलका दुईवटा इञ्जिन खरिद गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकलेभारतीय सरकारी कम्पनी कोँकण रेल वे कर्पोरेशन लिमिटेडसँग २ वटा डेमु रेल किन्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले जानकारी दिए। त्यसका लागि ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैयाँ विनियोजन हुने भएको छ।
नेपाल सरकार र र भारत सरकारबीचको समझदारीमा रेल खरिद हुने र यसरी खरिद गरिएको रेल आगामी जेठ महिनामा जनकपुर जयनगर खण्डमा गुडाउने सरकारको तयारी छ ।
सरकारले चैत ४ गतेको मन्त्रिपरिषद बैठकबाट दुुई सरकारबीच सम्झौता गरेर रेल खरिद गर्ने र नेपाली राष्ट्रिय झण्डा राखेर गुडाउने निर्णय गरेको हो ।
रेल किन्नका लागि सरकारले यसअघि रेल विभागलाई ५० करोड रुपैयाँ दिइसकेको थियो। उक्त रकम अपुग भएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले थप रकम माग गरेर मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो।