एसइई परीक्षामा चार लाख ७५ हजार सहभागी

एसइई परीक्षामा चार लाख ७५ हजार सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चैत १० गतेबाट संचालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन। मुलुक संघीयतामा गैसकेको अवस्थामा पहिलो पटक परीक्षा व्यवस्थापन, संचालन,अनुगमन उत्तरपुस्तिका खरिद लगायतसम्पुर्ण काम प्रदेश सरकारले गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशित गर्ने काम गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले परीक्षा व्यवस्थापनको सम्पुर्ण काम प्रदेश सरकारले गर्ने स्पष्ट पार्नुभयो। यो वर्षको लागि प्रदेश सरकारले तत्काल परीक्षाफल प्रकाशित गर्न नसक्ने भएपछि बोर्डले जिम्मा लिएको जानकारी दिनुभयो । परीक्षाको सबै तयारी पुरा भएको एसइइ बोर्डले जनाएको छ। परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्ष पुरक परीक्षा अन्तर्गत पुरानो कोर्ष अन्र्तगतका ५ हजार ८ सय ८३ र नयां कोर्ष अन्तरगत ९ हजार ५ सय ९१ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन।

परीक्षा नियन्त्रक अधिकारीका अनुसार परीक्षामा सबैभन्दा बढी प्रदेश नम्बर ३ का विद्यार्थी सहभागी हुने भएका छन। प्रदेश नम्बर ३ बाट १ लाख ६ सय २ सहभागी हुने भएका छन। सबैभन्दा कम प्रदेश ६ का रहेका छन् । ६ नम्बर प्रदेशमा ३५ हजार ६ सय २४ परीक्षार्थीले परीक्षामा सहभागी हुदैछन । प्रदेश १ बाट ८३ हजार ८ सय १८, प्रदेश नम्वर २ बाट ७० हजार ५ सय १८, प्रदेश नम्वर ४ बाट ४८ हजार ६३, प्रदेश नम्वर ५ बाट ७६ हजार ९ सय ८३ र प्रदेश नम्वर ७ बाट ५३ हजार ९ सय ७२ परीक्षार्थी सामेल हुने भएका छन् ।

काठमाडौंबाट ३७ हजार ५ सय २८, ललितपुरबाट ९ हजार ९ सय ३४ र भक्तपुरबाट ५ हजार ७ सय ८२ विद्यार्थी सहभागी हुनेछन्। परीक्षामा देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र कायम गरिएको छ । त्यतिकै संख्यामा केन्द्रध्यक्ष सहभागी हुनेछन। परीक्षा व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय इकाईले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन्।

परीक्षालाई मर्यादित रूपमा सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायलगायत सरोकार पक्षसित संयुक्त बैठक बोलाएर तयारी गरिएको छ। बोर्डले एकसाता अघि सबै सुरक्षा निकायसंग छलफल गरी सुरक्षा अवस्थाकाबारे छलफल गरेको थियो । परीक्षामा प्रदेश अनुसार नै प्रश्नपत्र छपाई गरीएको बोर्डले जनाएको छ। यो खबर नेपाल समाचारपत्र दैनिकमा छ ।