पूर्वी चीनस्थित केमिकल कम्पनीमा भएको बिस्फोटमा ४४ को मृत्यु, ६४० घाइते

पूर्वी चीनस्थित केमिकल कम्पनीमा भएको बिस्फोटमा ४४ को मृत्यु, ६४० घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – पूर्वी चीनस्थित एक केमिकल कम्पनीमा भएको बिस्फोटमा ४४ को ज्यान गएको छ भने ६ सय ४० घाइते भएको चीनियाँ मिडियाले बताएका छन् । यो बिस्फोट येनचंग शहरमा तियानजियाई केमिकलको एक संयन्त्रमा नेपाली समयानुसार बिहिबार बिहान ११ बजेर पाँच मिनेटमा भएको थियो ।

बिस्फोटपछि कारखानामा आगो फैलिएको थियो । यो कारखानामा मल (फर्टिलाइजर) बनाउने काम हुन्छ । चीनको भूकम्प प्रशासनले बिस्फोटका बेला २.२ तीब्रताको भूकम्प आएको जनाएको छ । चीनियाँ सरकारी टिभीका अनुसार कारखानामा लागेको आगो शुक्रबार नियन्त्रणमा आएको छ ।

सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार करिब ६ सय ४० घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ जसमध्ये ३२ को स्थिती गम्भीर छ । सोसल मिडियामा देखिएका तस्बिर अनुसार कारखानामा आगो लाग्नेबित्तिकै आकाश घुँवाले भरिएको थियो । थुप्रै मानिसहरु घाइते छन् र भवनलाई पनि क्षती पुगेको छ ।