पाँच वर्षमा डेढ खर्ब अमेरिकी सहयोग

पाँच वर्षमा डेढ खर्ब अमेरिकी सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले पाँच वर्षभित्र नेपाललाई दिने सहयोग डेढ खर्ब रूपैयाँ बराबर पुर्या‍उने बताएको छ। शुक्रबार २४३ औं राष्ट्रिय दिवस मनाउने क्रममा उपस्थित राष्ट्रियरअन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिलाई सम्बोधन गर्दै अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरीले अमेरिकाले नेपालाई बिना कुनै शर्त यो सहयोग दिन लागेको प्रष्ट पारेका छन्।

दुई देशबीच ७२ वर्ष लामो सम्बन्ध रहेको बताउँदै राजदूत बेरीले अमेरिकाले आफूलाई कुनै दाताभन्दा पनि साझेदारको रुपमा सहयोग गर्न लागेको उल्लेख गरे। ‘अमेरिका र नेपालबीच बलियो र प्रगाढ सम्बन्ध आगामी दिनमा अझै प्रगाढ र आत्मीय बन्दै जानेछ’, राजदूत बेरीले भने, ‘म यो सम्बन्धको निरन्तरताको कामना गर्दछु।’

अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट फण्डिङ अन्तर्गत अहिलेसम्मकै सबैभन्दा ठूलो अनुदान दिन लागेको छ। एमसीसीको ५५ अर्ब रूपैयाँ बराबरको अमेरिकी अनुदान सहयोग जीवनाधार मानिने विद्युत् प्रसारण लाइन र सडक सुधारमा खर्च हुन लागेको छ। कार्यक्रममा राजदूत बेरीले अमेरिका बर नेपालबीचको सात दशक लामो सम्बन्धलाई साझा लक्ष्य र प्रगाढ, सार्थक साझेदारीको परिणामस्वरूप सम्भव भएको ‘संयुक्त सफलता’ का रुपमा व्याख्या गरे।

‘त्यसकारण हामीबीचको साझेदारी कुनै शर्त, ऋण वा कर्जामा बाँधिएर आउँदैन,’ उनले भने, ‘आगामी पाँच वर्षमा नेपाललाई उपलब्ध गराउन लागेको सहयो कुनै नगद या दातृ सहयोग नभएर नेपाललाई समृद्ध र सुखी बन्न मद्दत गर्न यस सहायतामार्फत् नेपालको संस्थागत विकास, विश्वव्यापी उत्कृष्ट अभ्यास, नेपालको विकासका लागि अबलम्बन गर्नुपर्ने विधि, सीपमूलक तालिम तथा जनशक्ति विकासमा प्रदान गरिनेछ।’

अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ मा मनाउने गरिएकोमा उक्त समयमा मनसुन पर्ने कारणले केही महिना अघि नै मनाउने गरिएको छ। यो खरब आजको अन्नपूर्णपोष्टमा छ ।