विप्लवका मध्य कमाण्ड ओलीलाई तीन दिनभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

विप्लवका मध्य कमाण्ड ओलीलाई तीन दिनभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओलीलाई दिन दिनभित्र अदालतमा हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

शनिबार काभ्रेमा पक्राउ परेका ओलीलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै उनकी छोरी विपना ओलीले बुधबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले पक्राउ गर्नुको कारणसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउँदै उनका नेता तथा कार्यकर्तालाई धमाधम पक्राउ गरिरहेको छ। प्रधानन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्र विप्लव समूहका गतिविधि नियन्त्रण गरिसक्ने घोषणा गरेका छन्।