विश्वका प्रदूषित सहरमध्ये काठमाण्डु तेस्रो स्थानमा (तस्बिरहरु)

विश्वका प्रदूषित सहरमध्ये काठमाण्डु तेस्रो स्थानमा (तस्बिरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाण्डु तेस्रो स्थानमा परेको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाण्डु विश्वकै तेस्रो प्रदूषित सहर बनेको हो।

आईक्यूएयरको बिहान ८ः४५ देखि ९ः४५ बजेसम्मको प्रत्यक्ष तथ्यांकअनुसार काठमाण्डुको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ पुगेको छ। यो स्तरलाई अस्वस्थकर मानिन्छ।

उक्त सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर रहेको छ। लाहोरको वायु गुणस्तर सूचकांक ३२५ पुगेको छ भने दोस्रो स्थानमा रहेको बंगलादेशको राजधानी ढाकाको एक्यूआई २५६ रहेको छ।

त्यस्तै, भारतको राजधानी नयाँदिल्ली १८२ एक्यूआईसहित चौथो, पाकिस्तानको कराँची १६७ सहित पाँचौँ र इजिप्टको कायरो १६५ सहित छैटौँ स्थानमा रहेका छन्।

काठमाण्डुको वायु प्रदूषण अस्वस्थकर तहमा पुगेपछि सर्वसाधारणको स्वास्थ्यमा जोखिम बढेको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन आवश्यक देखिएको छ।

वायु प्रदूषण उच्च रहेको अवस्थामा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, बाहिर निस्कँदा मास्क प्रयोग गर्न तथा धुलोधुवाँबाट जोगिन स्वास्थ्य सावधानी अपनाउन आवश्यक छ।