प्रधानमन्त्री ओलीलाई निधिको चेतावनी :काँग्रेस सकियो भन्ने भ्रमले उसैको शिकार गर्छ

प्रधानमन्त्री ओलीलाई निधिको चेतावनी :काँग्रेस सकियो भन्ने भ्रमले उसैको शिकार गर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काँग्रेस सकियो भन्ने भ्रमबाट मुक्त हुने चेतावनी दिएका छन् ।

बिहिबार प्रदेश ३ को नेकपाको बैठकमा प्रधानमन्त्री ओलीले भनेको थिए–‘कठैबरा काँग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाट्टै २ मा र्झयो ।’

शुक्रबार नेपाल प्रेस युनियन चिवनद्धारा भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलन उनले प्रधानमन्त्रीलाई भ्रमबाट मुक्त हुन भनेका हुन ।
‘काँग्रेसका बारेमा त्यस्तो भ्रममा पर्नेलाई के भन्ने । जो काँग्रेस सकिएको भ्रममा पर्छ, ऊ त्यही भ्रमको शिकार हुन्छ ।

देशमा काँग्रेसबाहेक अरु कुनै दलको भविश्य छैन,’ निधिको भनाई थियो । काँग्रेसले लोकतन्त्रका पक्षमा निरन्तर खबरदारीका गरेकै कारण अहिलेको परिवर्तन संभव भएको कुरा नभूल्न प्रधानमन्त्री ओलीको उनले ध्यानाकर्षण गराए ।