नेकपाको स्थापना दिवस भङगेरीमा मनाइने

नेकपाको स्थापना दिवस भङगेरीमा मनाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंं – नेपाल कम्युनिष्ट पार्टीले पार्टी स्थापना दिवस रामेछापको भङगेरीमा मनाउने निर्णय गरेको छ । नेकपा तीन नम्बर प्रदेश कमिटीको पहिलो बैठकले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मभूमि रामेछापको भङगेरीमा मनाउने निर्णय गरेको हो ।

तीन नम्बर प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा भङगेरीमा कार्यक्रम आयोजना गरिएको बताए । उनले पार्टी स्थापना दिवस वैशाख ९ गते प्रदेश कमिटीका सबै सदस्यहरुलाई अनिवार्य रुपमा सहभागी हुन बैठकले निर्णय गरेको जानकारी दिए ।

नेकपा तीन नम्बर प्रदेश कमिटी २२१ जना सदस्य नै भङगेरीमा सहभागी हुने छन भने प्रदेश कमिटीले तीन नम्बर प्रदेशमा नै नेकपाको ११० जना केन्द्रीय सदस्यहरुलाई पनि कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । पार्टी एकीकरण भएपछि प्रदेश कमिटीले पुष्पलालको जन्मभूमिमा पार्टी स्थापना दिवस मनाउन लागेको हो । कम्युनिष्ट पार्टीले पुष्पलालको जन्मभूमिमा पहिलो पटक ठूलो कार्यक्रम आयोजना गर्न लागेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।