काठमाडौं – मंगलबार बिहान कलंकी–स्वयम्भू सडकखण्ड अन्तर्गत स्यूचाटार पुलमुनी अन्दाजी ३०–३५ वर्षीय युवकको शव भेटिएको छ ।
नजिकै थुपारिएको फोहोरमा प्लास्टिक संकलन गर्ने सडक बालकलले फोहोरले छोपेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले शव घेरा हालेर अनुसन्धान सुरु गरेको छ ।
प्रहरीका अनुसार युवकको घाँटी र कम्बरमा धारिलो हतियार प्रहार गरेको छ । अनुहार प्रष्ट भए पनि उनको पेट क्षतविक्षत हुनेगरी काटिएको छ ।
मृतक युवाको पहिचान हुन बाँकी रहेको प्रहरीको भनाइ छ। प्रहरीले कसैले हत्या गरेर फालेको आशंका गरेको छ ।




प्रतिक्रिया