३५० स्थानीय तहमा लेखा कर्मचारी अभाव

३५० स्थानीय तहमा लेखा कर्मचारी अभाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लेखासँग सम्बन्धित कर्मचारी अभाव हुँदा देशभरका झन्डै आधार स्थानीय तहको काम प्रभावित भएको छ। कर्मचारी समायोजन प्रक्रियापछि पहिले केन्द्रबाट खटिएका लेखा कर्मचारी अभाव भएको उपमहालेखानियन्त्रक तथा कर्मचारी प्रशासन शाखाका प्रमुख सुवासचन्द्र सिवाकोटीले बताए।

उनका अनुसार अहिले करिब ३५० स्थानीय तहमा लेखा प्रशासनसँग सम्बन्धित कर्मचारी अभाव छ। करिब ५० गाउँपालिकामा लेखासँग सम्बन्धित कामकाज नै लगभग ठप्प रहेको छ।

चालू आर्थिक वर्षको अन्तिम चौमासिक चलिरहेको छ। यो समय सरकारले गरेका कामको भुक्तानी हुने समय हो। त्यो हुँदा अहिले सबै तहका सरकारमा रकम भुक्तानीको चाप छ। स्थानीय तहमा भएको कामको अनुगमन, मूल्यांकन र त्यसपछि हुने भुक्तानी नै कर्मचारी अभावले प्रभावित भएको गाउँपालिकाहरुको गुनासो गरेका छन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।