प्रधानमन्त्री ओलीलाई ‘बा’ भन्नेहरु को को ?

प्रधानमन्त्री ओलीलाई ‘बा’ भन्नेहरु को को ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राजनीतिक सम्बन्धलाई वैयक्तीकरण गर्ने र त्यसआधारमा निरन्तर लाभ लिइरहने प्रवृत्ति सुरु भयो, नेपाली कांग्रेसबाट। त्यही चलन कम्युनिस्ट पार्टीमा पनि सरेपछि अलिहे नेपाका कार्यकर्ताहरु ‘कमरेड’बाट झरेर बा, आमा, दाइ, दिदीमा पुगेका छन्।

योसँगै अवसरको न्यायोचित वितरण प्रभावित भएको छ। पहिलेदेखि नै नेकपा अध्यक्ष केपी ओलीनिकट मानिने केन्द्रीय सदस्य तथा प्रदेश २ सचिव सुमन प्याकुरेलले नै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङलाई एक दिन गुनासो पोख्दै भने, ‘यो त हद भयो’ अरु त अरु सत्तरी हाराहारीका सत्यनारायण मण्डल उमेर, अनुभवले पनि सिनियर नेता।

उनले पनि केपी ओलीलाई ‘बा’ भनेर ढोग्ने गर्दा रहेछन्। सांसद महेश बस्नेतदेखि युवा संघका उपाध्यक्ष किरण पौडेल, सांसद नीरु पाल, मुस्लिम आयोगमा गएका समिम मियाँ अन्सारी, कोमल वली, शर्मिला ढकाल पराजुली, वीरगञ्जकी निर्मला देवकोटा, इजरायलमा राजदूत अञ्जान शाक्य, खेलकुदका उपाध्यक्ष पीताम्बर तिम्सिनाहरुले पनि ओलीलाई ‘बा’ भन्दै ढोग्ने गरेको छ। राज्यले ‘सम्माननीय प्रधानमन्त्री’को दर्ता दिएको व्यक्तिलाई अर्काका छोराछोरीले ‘बा’ भन्दै किन ढोग्छन्रु यो समाचार जनआस्था साप्ताहिकमा छ ।