उड्नै लागेको जेट एयरवेजको विमानमा तेल नभएको थाहा भएपछि…

उड्नै लागेको जेट एयरवेजको विमानमा तेल नभएको थाहा भएपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट जेट एयरवेजको विमान भारतको नयाँ दिल्ली उड्ने तरखरमा थियो । तर जहाजमा तेल नभएको पाइलटले थाहा पाएपछि जहाज अचानक रनवेमा रोकियो ।

यो घटना आज (बुधबार) त्रिभुवन विमानस्थलमा यस्तै भएको छ। अचानक जहाज रोकियो। उड्न ठिक्क परेको जेट एयरवेजको जहाजमा पर्याप्त इन्धन नै थिएन।

यात्रुलाई चढाइसकेर रनवेमा पुगिसकेको जहाजमा पर्याप्त इन्धन छैन भनी पाइलटले त्यतिबेला मात्र थाहा पाए जब उनले इन्धन भर्ने साधन देखे। त्यसपछि जहाज रोकियो।  आवश्यक थप इन्धन भरेर बल्ल उड्यो।

विमान निर्धा्रित समयभन्दा करिब दुई घन्टा ढिलो उडाइएको थियो। जेट एयरवेजको उडान नम्बर दुई सय ६७ दुर्घटनाबाट टरेको हो।   ३ः४० मा उड्नुपर्ने जहाज बेलुका साढे पाँच बजे मात्र काठमाडौंबाट उडेको थियो।