१२ हजार कर्मचारी गएनन् खटाएको ठाउँमा, अटेरीलाई बर्खास्त गरिने

१२ हजार कर्मचारी गएनन् खटाएको ठाउँमा, अटेरीलाई बर्खास्त गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – करिब १२ हजार निजामती कर्मचारीले सरकारले खटाएको ठाउँमा जान अस्वीकार गरेका छन्। समायोजनमा असन्तुष्टि जनाउँदै ती कर्मचारीले अहिलेसम्म समायोजनको चिठीसमेत बुझेका छैनन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनको चिठी सम्बन्धित मन्त्रालयमै पठाउने गरे पनि असन्तुष्ट कर्मचारीले भने चिठी नबुझी समायोजन परिमार्जन गर्न मन्त्रालयसँग विभिन्न गुनासो राखेको छ।

गु्नासो राख्दै मन्त्रालयमा निवेदन दिने कर्मचारीमध्ये धेरैजसोले समायोजनको चिठी नबुझेको मन्त्रालयले जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मन्त्रालयमा आएका गुनासोमध्ये धेरैजसो गुनासो असान्दर्भिक र नाजायज रहेको दाबी गरे। उनले खटाएको ठाउँमा नजाने कर्मचारी बर्खास्त गर्ने चेतावनी दिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।