विप्लवका मेची ब्युरो सदस्यसहित दुई जना पक्राउ

विप्लवका मेची ब्युरो सदस्यसहित दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भद्रपुर – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका मेची ब्युरो सदस्यसहित दुई कार्यकर्ता पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरुलाई शुक्रबार झापाको बिर्तामोडबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा नेकपा ब्युरो सदस्य इलाम नगरपालिका–११ का मेची जितमान राई ‘मौसम’ र इलामका जिल्ला सदस्य कुशल पन्धाक रहेका छन्।

पक्राउ परेका दुवैलाई प्रहरी कार्यालय झापामा राखिएको छ। तर, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले यस विषयमा केही भन्न नमिल्ने बताए।