काठमाण्डु– झापामा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ ।
बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा गएराति धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाह्रदशी–५ चकचकीका गोपाल ताजपुरिया र सोही पालिका बुट्टावारीका अशोक राजवंशी रहेको विर्तामोडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख सन्तोष पाठकले जानकारी दिए ।



प्रतिक्रिया