सिलवाल समर्थक सड्कमा, नियमविपरित मुद्दा दर्ता गर्दै महान्यायाधिवक्ता


काठमाडौं –एमाले सांसद नवराज सिलवाल बिरुद्ध षडयन्त्र भएको भन्दै उनका समर्थकहरुले प्रदर्शन गरेका छन् । नेपाल प्रहरी पूर्व डिआईजी समेत रहेका सिलवाललाई जवजस्र्ती मुद्दा दायर गर्ने षडयन्त्र भएको भन्दै उनका समर्थकले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र जिल्ला अदालत काठमाडौं अगाडि प्रदर्शन गरेका छन् ।

सचेत युवा समूहका नाममा भएको प्रदर्शनमा सयौंको उपस्थिती रहेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सिलवालविरुद्ध नियोजित रुपमा किर्तेमा मुद्दा दर्ता गर्न खोजिएको भन्दै उनिहरु त्यसो नगर्न चेतावनी दिएका छन् ।

सरकारी वकिलले मुद्दा दर्ता गर्न अस्विकार गरेपछि देउवाको डिजाईनमा महान्यायाधिवक्ता बसन्तराम भण्डारी आफै मुद्दा दर्ता गर्ने तयारीमा छन् । भण्डारीले प्रहरीको रोहबरमा मुद्दाको फाइलमा हस्ताक्षर गरीसकेको स्रोतको दाबी छ । महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरुले समेत मुद्दा दर्ता गर्न अस्विकार गरेपनि उनले नियमविपरित मुद्दा दर्ता गर्ने तयारी गरेका हुन ।

प्रतिक्रिया दिनुहोस
Advertisement