किम जोङ-उन भन्छन् -अमेरिकाको दृष्टिकोण सहि भए अर्को वार्ताको लागि तयार छु

किम जोङ-उन भन्छन् -अमेरिकाको दृष्टिकोण सहि भए अर्को वार्ताको लागि तयार छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – उत्तर कोरीयाका नेता किम जोङ–उनले अमेरिकाको दृष्टिकोण सहि भए अर्को वार्ताको लागि आफू तयार रहेको बताएका छन् । अमेरिकाको सही दृष्टिकोण वा मनोवृत्ति रहने भए आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो वार्ताका लागि तयार हुने नेता किम जोङ–उनले बताएका हुन् ।

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले शनिबार नेता किमको भनाई सम्बन्धी खबर प्रसारण गरेको हो । वक्तव्यमा नेता किमले ट्रम्पले सम्झौताका आधारहरु पारदर्शी र आपसी रुपमा स्वीकार्य हुनु पर्ने बताएका छन् । किमले भने,‘अमेरिका उचित र पारस्परिक सम्झौता गर्न चाहान्छ भने उत्तर कोरिया वैठकको लागि तयार छ।’ किम र ट्रम्पको भेट गतवर्षको जुन महिना सिंगापुरमा आयोजना भएको पहिलो शिखर वार्तामा भएको थियो।

त्यसबेला अनौपचारिक रुपमा क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौता भएको थियो। यसै फेब्रुअरी महिनामा भियतनाको राजधानी हनोइमा आयोजना भएको दोस्रो शिखर वार्तामा दुवै नेताबीच पहिलेको सम्झौताले पूर्णता पाउने विश्वास गरिएको थियो।

यद्यपी भेटवार्ता भएपनि अमेरिकाले उत्तर कोरियामाथि लगाएको पूर्ण प्रतिबन्ध फुकुवा गर्न असमर्थ भएपछि वार्ता विना निष्कर्ष टुंगियो। अमेरिका विस्तारै सबै प्रतिबन्ध फुकुवा गर्न पक्षमा छ। उत्तर कोरिया पूर्ण प्रतिबन्ध फुकुवाको पक्षमा छ। उत्तर कोरियाले क्षेप्यास्त्र परिक्षणलाई निरन्तरता दिइरहँदा अमेरिका, युरोपेनी संघ लगायतका राष्ट्रले उत्तर कोरियामाथि विभिन्न प्रतिबन्धहरु लगाएको थियो ।