एक राउण्ड बुलेटसहित फ्रान्सेली नागरिक विमानस्थलबाट पक्राउ

एक राउण्ड बुलेटसहित फ्रान्सेली नागरिक विमानस्थलबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सट गनमा प्रयोग हुने एक राउण्ड बुलेटसहित शनिबार फ्रान्सेली नागरिक पक्राउ परेका छन् ।

विमानस्थलबाट कतार हुँदै फ्रान्स जान लागेका फ्रान्सेली नागरिक ५४ वर्षीय रोगेर इल खौर्यलाई एक राउण्ड लाइभ बुलेटसहित प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको प्रस्थान कक्षको एक्स–रे मेसिनमा जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त बुलेट फेला परेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।