नवलपरासी – प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट विप्लव नेतृत्व नेकपा समूहका विद्यार्थी नेता रमेश बस्याललाई पक्राउ गरेको छ । आइतबार विहान घरमा खाना खान लागेका बेला उनलाई पक्राउ गरेको हो । उनी प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादीको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष हुँदै पार्टी विभाजनपछि वैद्य नेतृत्वको नेकपा माओवादी हुँदै विप्लव नेतृत्वको नेकपामा आवद्ध भएका थिए ।
उनलाई प्रहरीले यसअघि पनि निर्वाचन बहिस्कारको समय ताका पनि निगरानीमा राखेको थियो । सरकारले विप्लवको पार्टी नेकपालाई प्रतिबन्ध लगाएपछि विप्लवका अधिकांश नेता कार्यकर्ता भूमिगत भए पनि बस्याल भने खुल्ला रुपमा बर्दघाटमा आफ्नै घर बस्दै आएका थिए ।




प्रतिक्रिया