बाँसझ्याङमा भेटियो पेस्तोल

बाँसझ्याङमा भेटियो पेस्तोल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – विराटनगर महानगरपालिका-१६ दरैयाबाट प्रहरीले आइतबार एक थान पेस्तोल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रानीको टोलीले स्थानीय बाँसको झ्याङबाट मेड इन युएए लेखेको पेस्तोल बरामद गरेको हो।

बाँस झ्याङमा लुकाएर राखेको अवस्थामा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले बाँस झ्याङलाई सिल गरेर खोजतलास थालेको थियो ।

कसैलाई दबाब दिन र तर्साउनका लागि पेस्तोल भारतबाट ल्याएको हुन सक्ने प्रहरी अनुमान छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ । पेस्तोलसँगै त्यसको म्याग्जिन र सोही पेस्तोलमा प्रयोग हुने दुई राउण्ड गोली फेला परेको प्रहरीले जनायो।