भरुवा बन्दुकमा गोल भर्ने क्रममा पड्किदा युवकको मृत्‍यु

भरुवा बन्दुकमा गोल भर्ने क्रममा पड्किदा युवकको मृत्‍यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु – माप्यदूधकोशी गाउँपालिका-४ मा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ। काँकु डाँडागाउँका २० वर्षीया सुमन राइले आइतबार साँझ बन्दुकमा गोली भर्ने क्रममा पडकिएर उनको पेटमा गोली लागेकाले उपचारका लागि फाप्लु जिल्ला अस्पताल ल्याउन लाग्दा राति १ बजे बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।

उनको शव परीक्षणका लागि फाप्लु जिल्ला अस्पतालको शव गृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।