सेञ्चुरी बैंकमा २५० रुपैयाँमा डेविटकार्ड

सेञ्चुरी बैंकमा २५० रुपैयाँमा डेविटकार्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले ‘खोलौं बैंक खाता अभियान, २०७६’ अन्तर्गत ‘सेञ्चुरी सबैको खाता’ योजना सञ्चालनमा ल्याएको छ । शुन्य मौज्दातमा खोलिने सो खातामा वार्षिक ६.५५ को दरले त्रैमासिक रुपमा ब्याज दिइने जनाइएको छ।

बैंकले २५० रुपैयाँमा पाँच वर्षको लागि डेबिट कार्ड दिने जनाएको छ। बैंकले पहिलो बैंक खाता खोल्ने ग्राहकलाई प्रोत्साहन स्वरुप बैंक स्वएंमले १०० रुपैयाँ सो खातामा जम्मा गरिदिने जनाएको छ। यस बैंकको काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी संचालन गरेको जनाएको छ।