गोलढुंगामा सवा २ लाख लिटर क्षमताको खानेपानी ट्यांकी, मन्त्री मगरले गरिन् शिलान्यास

गोलढुंगामा सवा २ लाख लिटर क्षमताको खानेपानी ट्यांकी, मन्त्री मगरले गरिन् शिलान्यास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री बिना मगरले काठमाडौंको तारकेश्वर नगरपालिका अन्तर्गत गोलढुंगामा घट्टेपाखा खानेपानी ट्यांकीको मंगलबार शिलान्यास गरेकी छन्।

तारकेश्वर नगरपालिकामा पर्ने गोलढुंगामा खानेपानीको अभाव हुँदै जान थालेपछि उक्त क्षेत्रका जनतालाई खानेपानी पु¥याउने उद्देश्यले पानी ट्यांकीको शिलान्यास गरिएको हो । गोलढुंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले औपचारिक कार्यक्रमको आयोजना गरी खानेपानी मन्त्रीबाट पानी ट्यांकीको शिलान्यास गराएको छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले सबै जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पु(याउन मन्त्रालय योजनाबद्ध ढंगले अघि बढिरहेको बताइन्। उनले सन् २०३० सम्ममा प्रशोधन सहितको खानेपानीको सुविधा शत प्रतिशत पु¥याउन सरकार लागिरहेको जानकारी दिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘दीगो विकासका लक्ष्यहरु पुरा गर्नुपर्ने दायित्व हामीसँग छ । प्रशोधन सहित खानेपानीको पहुँच पु¥याउन धेरै लगानी गर्नुपर्ने आवश्यकता छ । हामी योजना बनाएर अघि बढिरहेका छौं ।’

सरकारको ७० प्रतिशत र जनताको ३० प्रतिशत लगानीमा आधारित आयोजनाहरु अघि बढाउन हाम्रो टीमले काम गरिरहेको छ ।
गोलढुंगामा शिलान्यास भएको पानी ट्यांकीको लागत ५० लाख रुपैयाँ रहेको छ भने उक्त ट्यांकीको क्षमता २ लाख २० हजार लिटर रहेको छ । समितिले खानेपानी विभाग अन्तर्गतको सहलगानी आयोजनासँग मिलेर तारकेश्वर नगरपालिका भित्र पाँच वटा पानी ट्यांकीहरु निर्माण गर्न लागिएको जनाएको छ ।